Logo

काठमाडौंमा थप १० दिन थपियो निषेधाज्ञा, अब किराना पसल बिहान ९ बजेसम्म खोल्न पाईने

काठमाडौंमा थप १० दिन थपियो निषेधाज्ञा, अब किराना पसल बिहान ९ बजेसम्म खोल्न पाईने



काठमाडौं । काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं उपत्यकाका ३ ओटी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

यसअघि प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याएको थियो । अब थप भएको निषेधाज्ञामा किराना पसल विहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यस्तै थपिएको निषेधाज्ञामा वर्कसप पसल पनि खुल्ने प्रजिअहरुले निर्णय गरेका छन् । यससँगै निर्माण सामग्री ढुवानी गर्ने साधनहरु पनि राती ९ बजेदेखि बिहान ९ बजेसम्म संचालन गर्न दिने निर्णय भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL