Logo

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे आज निर्णय : खाद्यान्न पसल खुल्ने, सवारी साधन खुला गर्नेेबारे यस्तो छ तयारी

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे आज निर्णय : खाद्यान्न पसल खुल्ने, सवारी साधन खुला गर्नेेबारे यस्तो छ तयारी



काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ । आज १० बजे बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाबारे आधारिकारीक निर्णय गर्नेछ ।

अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीको लागि किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरिएको छ ।

उपत्यकामा खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने बताइएको छ । २१ गतेदेखि खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरेको प्रशासन स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण क्षेत्रमा नै कर्मचारी राखि उपत्यकामा पूर्वाधार निर्माण पनि खुला गरिने भएको छ । अब थप गरिने निषेधाज्ञामा सार्वजनिक र निजी सवारी भने अझै नखुल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL