Logo

जेठ २५ गतेदेखि चिनियाँ खोप लगाइने, ६० देखि ६४ बर्ष उमेर समुहलाई यसरी दिइनेछ खोप

जेठ २५ गतेदेखि चिनियाँ खोप लगाइने, ६० देखि ६४ बर्ष उमेर समुहलाई यसरी दिइनेछ खोप



काठमाडौँ । चीनले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयले जेठ २५ गतेदेखि ६० देखि ६४ बर्ष उमेर समुहमा चीनले दिएको भेरोसेल खोप लगाउने अभियान शुरु हुने जानकारी दिएको हो ।

साथै मन्त्रालयले खोप दिदा दोस्रो डोज सुनिस्चित हुने गरि पहिलो डोज दिइने जानकारी दिएको छ ।

चीनले अनुदानमा दिएको १० लाख डोज मध्ये ८ लाख डोज आज काठमाडौँ आइसकेको छ भने बाँकी दुई लाख खोप तिब्बतबाट आउनेक्रममा रहेको सरकारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्