Logo

विवेकशील साझाका संस्थापक उज्वल थापाको कोरोनाका कारण निधन

विवेकशील साझाका संस्थापक उज्वल थापाको कोरोनाका कारण निधन



काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक तथा पूर्व अध्यक्ष उज्वल थापाको निधन भएको छ । मंगलबार अपरान्ह ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको मेडिसिटी अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमणबाट थलिएका उनको सोमबार मात्रै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

कोभिड(१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो प्रविधिबाट उपचार गरिएको थियो ।

अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्