Logo

बेइजिङबाट काठमाडौँ आइपुग्यो ८ लाख डोज खोप, थप २ लाख डोज खोप बुधबार आइपुग्ने

बेइजिङबाट काठमाडौँ आइपुग्यो ८ लाख डोज खोप, थप २ लाख डोज खोप बुधबार आइपुग्ने



काठमाडौं । चीन सरकारले दिएको अनुदानको ८ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको छ । परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्सको चार्टड विमानले ८ लाख डोज खोप मंगलबार काठमाडौँ ल्याइपुर्याएको जानकारी दिएको छ ।

त्यस्तै चीनले दिने थप २ लाख डोज खोप भने तिब्बतबाट बुधबार बिहानसम्म काठमाडौँ आउने बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जीङपीङबीच भएको टेलिफोन वार्तापछि राष्ट्रपति सी ले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL