Logo

स्वास्थ्य मन्त्रालयद्वारा कोरोनाबारे जथाभावी बोल्ने कार्य रोक्न प्रधानमन्त्री कार्यालयलाई पत्र (पत्रसहित)

स्वास्थ्य मन्त्रालयद्वारा कोरोनाबारे जथाभावी बोल्ने कार्य रोक्न प्रधानमन्त्री कार्यालयलाई पत्र (पत्रसहित)



काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का विषयमा असम्बन्धित निकाय तथा व्यक्तिहरूले जथाभावी बोल्ने कार्य रोक्न लगाउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले कोरोना भाइरसको विषयमा असम्बन्धित निकाय तथा व्यक्तिले जवाभावी बोल्दा भ्रम सिर्जना गरेको पत्रमा उल्लेख गरेका छन् ।

प्रवक्ता पौडेलले जेठ १७ मा बसेको स्वास्थ्य मन्त्रालयको बैठकले असम्बन्ति व्यक्ति तथा निकायलाई कोरोनाबारे जथाभावी बोल्ने कार्य रोक्न लगाउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको बताएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, “जनस्वास्थ्यका विषयमा सम्बन्धित निकायहरूले आमसञ्चार माध्यममा बोल्ने वा टिप्पणी गर्ने गरिएको र त्यसले धेरैलाई द्विविधा बनाउने र भ्रमित बनाउने गरेको छ।”

यससँगै स्वास्थ्य मन्त्रालयले कोभिड–१९ बारे विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकाय बाहेकलाई टिकाटिप्पणी नगरिदिन पनि सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL