Logo

बरिष्ठ अर्थविद डा. गोविन्दबहादुर थापाको कोरोनाका कारण निधन

बरिष्ठ अर्थविद डा. गोविन्दबहादुर थापाको कोरोनाका कारण निधन



काठमाडौं । वरिष्ठ अर्थविद डा. गोविन्दबहादुर थापाको निधन भएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण मंगलबार बिहान साढे ६ बजे उनको निधन भएको हो ।

डा. थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत थिए । कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए । थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्