Logo

आज चीनबाट ९ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैं, खोप बोकेर नेपाल एयरलाइन्सको चार्टड विमान आउँदैं

आज चीनबाट ९ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैं, खोप बोकेर नेपाल एयरलाइन्सको चार्टड विमान आउँदैं



काठमाडौं । आज चीनबाट कोरोना विरुद्धको ९ लाख खोप आउँदैछ। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ८ लाख चीनको राजधानी बेइजिङबाट र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउँदै छ ।

८ लाख खोप लिएर नेपाल एयरलाइन्सको चार्टर विमान २ बजेसम्म काठमाडौं आनेछ । खोप लिन सोमबार राति ११ बजे बेइजिङका लागि विमान उडेको थियो ।

त्यस्तै तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने छ । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने छ ।

अहिलेसम्म एक पटक पनि नलाएका नागरिकलाई पहिलो चरणमा लगाइने बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनसार चीनबाट अनुदानमा प्राप्त उक्त भेरोसेल खोप एकपटक पनि खोप नलगाएका नागरिकलाई दिइनेछ । तर कुन उमेर समूहलाई खोप दिने भन्ने बारे निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL