Logo

यो वर्ष पनि एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशित हुने

यो वर्ष पनि एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशित हुने



काठमाण्डौं । यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनबाट हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गतवर्ष झैँ यसपटक पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनबाट विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने छ ।

उक्त विवरण शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । सोही विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ ।

यसअघि शिक्षा मन्त्रालयको बैठकले गएको वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो ।

कोरोना महामारीका कारण यो वर्ष पनि परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएपछि सरकारले गएको वर्षकै विधि अपनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्