Logo

पातलो प्लाष्टिक झोला प्रयोग गर्न साउन १ गतेबाट रोक, प्लास्टिक उद्योगले नयाँ उपकरण जडान गरे नगद अनुदान दिने

पातलो प्लाष्टिक झोला प्रयोग गर्न साउन १ गतेबाट रोक, प्लास्टिक उद्योगले नयाँ उपकरण जडान गरे नगद अनुदान दिने



काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक प्लाष्टिक झोलामा प्रतिवन्ध लगाएको छ । वातावरण विभागले सोमबार एक सूचना जारी गर्दै पसल, उद्योग, डिपार्टमेन्टल स्टोरलगायतलाई वैकल्पीक झोला प्रयोग गर्न निर्देशन दिएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट भाषण मार्फत ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय भएको सुनाएका थिए । जसअनुसार विभागले यस्तो आदेश दिएको हो । यस्तै विभागले बजेटमा समेटिएअनुसार प्लास्टिकका झोला उत्पादन गर्ने उद्योगले पुराना पार्टपुर्जा प्रतिस्थापन गरी नयाँ पार्टपुर्जा वा उपकरण ल्याए थप लगानी बराबरको पूजीगत अनुदान दिनेसमेत जानकारी दिएको छ ।

यस्तो छ विभागले जारी गरेको सूचना :

No description available.

प्रतिक्रिया दिनुहोस्
MBL