Logo

‘हिमालयन रि’ ले पायो पुनर्बीमा व्यवसाय संचालन गर्ने अनुमति, अर्थमन्त्रालयले प्रदान गर्याे आशय पत्र

‘हिमालयन रि’ ले पायो पुनर्बीमा व्यवसाय संचालन गर्ने अनुमति, अर्थमन्त्रालयले प्रदान गर्याे आशय पत्र



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नेपालमा पुनर्बीमा सेवा संचालन गर्न अनुमति पाएको छ । अर्थ मन्त्रालयले बीमा समितिको प्रस्तावमा प्रारम्भिक आशय पत्र प्रदान गरेको हो । यसपछि अव हिमालयन रि ले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्न पाउने छ ।

बीमा समितले एउटा मात्रै कम्पनीलाई लाइसेन्स प्रदान गर्ने गरि गत बैशाख १६ गतेदेखि जेठ ५ गतेसम्म सार्वजनिक रुपमा प्रस्तावपत्र आह्वान गरेको थियो । प्रस्तावपत्र आह्वान गर्दा ५ वटा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये हिमालयन रि इन्स्योरेन्सले लाइसेन्स प्राप्त गरेको हो । नेपालमा हाल नेपाल पुनर्बीमा कम्पनीले मात्रै पुनर्बीमा व्यवसाय गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL