Logo

विपक्षीलाई अर्थमन्त्रीको चुनौती : बजेटको कुन दफामा कहाँ गलत भयो बूँदागत छलफल गर्न तयार छु, राजनीतिक रूपमा नहेरौ

विपक्षीलाई अर्थमन्त्रीको चुनौती : बजेटको कुन दफामा कहाँ गलत भयो बूँदागत छलफल गर्न तयार छु, राजनीतिक रूपमा नहेरौ



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको बुँदागत छलफल गर्न तयार रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विपक्षी पार्टीलाई चुनौती दिँदै बूँदागत छलफल गर्न तयार रहेको बताएका हुन् । पछिल्लो समय विपक्षी दलहरुले आगामी आर्थिक बर्षको बजेट कार्यान्वयनको पक्षमा प्रश्न खडा गर्न थालेपनि उनले यस्तो जवाफ दिएका हुन् । उनले आगामी आर्थिक बर्षको बजेट सुनाउनका लागि मात्रै नल्याएको समेत बताएका छन् ।

उद्यागी व्यवसायीहरुले बजेट राम्रो भएपनि कार्यान्वयनको पाटोमा शंका लागेको बताएपछि उनले सबैलाई विश्वस्त पार्दै कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिएको बताए । उनका अनुसार बजेट कार्यान्वयनको पाटो आजै देखि सुरु गर्ने गरी सबै मन्त्रालयका मन्त्रीहरु सचिवहरुबीचत छलफल सुरु भएको बताए । बजेटको कार्यान्वयनको जिम्मा सरकारले लिने बताउँदै उनले निजी क्षेत्रलगायत सबै क्षेत्रले बजेट कार्यान्वयनमा निर्धक्क हुन आग्रह गरे । चुनावका बीच बजेट कार्यान्वनमा शंका नराख्न पनि उनले आग्रह गरे। ‘हामी बजेटको कार्यान्वयन र चुनावलाई सँगसँगै अघि बढाउँछौं,’ उनले भने–‘आज जुन पार्टीले बजेट ल्यायो त्यही पार्टीले कार्यान्वयन गर्नेमा ढुक्क हुनुहोस ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष सतिश मोरले आफ्ना सुझाव राखेका थिए । कार्यक्रममा एफएनसीसीआईका अध्यक्ष गोल्छाले समग्रमा बजेट राम्रो भएको बताए । उनले बजेटमार्फत व्यवसायीले व्यहोर्नुपर्ने साना साना झन्झटहरुबाट पनि मुक्त भएको बताउँदै कार्यान्वयनको पक्ष भने चुनौतीपुर्ण रहेको बताए ।

यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि बजेट समग्रमा राम्रो भएको बताए । उनले व्यवसायीले चालु आवको बजेटजस्तै धेरै कुराहरुमा छुटसँगै सहुलियतले उद्योगी व्यवसायीलाई खुसी पारेको बताए । यस्तै सीएनाईका अध्यक्ष सतिश मोरले पनि समग्रमा बजेट राम्रो भएको र सीएनआईका प्रायः सुझावहरु समेटिएको बताए । तर कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL