Logo

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप भोलि नेपाल आइपुग्ने, खोप लिन आज बेइजिङ उड्दै वाइड बडी

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप भोलि नेपाल आइपुग्ने, खोप लिन आज बेइजिङ उड्दै वाइड बडी



काठमाडौँ । चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको वाइड बडी जहाज बेइजिङ जाँदैछ ।

चीनले दिने १० लाख डोज खोपमध्ये ८ लाख खोप लिन निगमको वाइडबडी जहाज राति साढे ११ बजे बेइजिङ जान लागेको नेपाल एयरलाइन्सले जानकारी दिएको छ । जहाज भोलि दिउँसो नेपाल आइपुग्ने तालिका रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बुधवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेर नेपाललाई खोप दिएर सहयोग गर्न अनुरोध गरेकी थिइन् । राष्ट्रपतिको आग्रहलाई स्वीकार्दै चिनियाँ राष्ट्रपति सीले तत्कालै १० लाख डोज खोप अनुदानमा दिने र नेपालले खरिद गर्ने खोपका लागि पनि सहजीकरण गर्ने बचन दिएका थिए ।

नेपालले चीनमा उत्पादित भेरोसेल खोपलाई प्रयोगको अनुमति दिएको छ । यसअघि चीनले दिएको ८ लाख डोज खोप प्रयोगमा आइसकेको छ । सरकारले अनुदान बाहेक भेरोसेल खोप खरिदका लागि पनि कूटनीतिक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL