Logo

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ९४ हजारमा कारोबार हुँदैं

सुनको मूल्यमा सामान्य वृद्धि, प्रतितोला ९४ हजारमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर ९४ हजारमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला ५ रुपैँयाले बढेर प्रतितोला १३५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL