काठमाडौं । सरकारले आगामी ३ वर्षभित्र याङग्री र लार्के नदिको पानी काठमाडौं ल्याउने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आगामी तीन वर्षभित्र याङग्री र लार्के नदिको ३४ करोड लिटर पानी दैनिक काठमाडौं ल्याउने उल्लेख गरेको हो ।
सो कार्यका लािग सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ बजेट पनि विनियोजन गरेको छ ।