Logo

कृषि क्षेत्रमा ४५ अर्ब बजेट विनियोजन, रासायिनक मलको अनुदान १२ अर्ब पुग्यो

कृषि क्षेत्रमा ४५ अर्ब बजेट विनियोजन, रासायिनक मलको अनुदान १२ अर्ब पुग्यो



काठमाडौं । सरकारले रासायिनक मलमा दिइने अनुदानमा वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्बजनिक गर्दै रासायनिक मलमा दिइने अनुदान वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्यार्इएको बताएका हुन् ।

सरकारले बजेट मार्फत उखु उत्पादक किसानलाई उत्पादन परिमाणका आधारमा चिनी मिलमा उखु बिक्री गरेको १५ दिनभित्र अनुदान दिन ८४ करोड विनियोजन गरेको छ ।

त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)लाई ३ अर्ब बजेट विनियोजन गरिएको छ भने बाँझो जमिनमा खेती गर्नका लागि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गरिने घोषणा गरिएको छ ।

अर्थमन्त्री पौडेलले कृषि क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्