Logo

मोदी भन्छन्, पर्यटन मार्फत सार्कको विकास गर्नुपर्छ

मोदी भन्छन्, पर्यटन मार्फत सार्कको विकास गर्नुपर्छ


रामराजा श्रेष्ठ
0
Shares

narendra modiबिजखबर संवाददाता

१० मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटनको विकासमार्फत सार्कलाई अघि बढाउनु पर्ने बताएका छन् । ‘हामी बुद्धिष्ट सकिर्ट सुरु गर्न सक्छौं,’ उनले भने, ‘तर हामीले अहिलेसम्म यसलाई अघि बढाउन सकेका छैनौं ।’ विज्ञान र प्रविधिको भरपुर प्रयोग गरी उज्वल भविष्य बनाउनु पर्ने उनको जोड थियो ।

सम्बन्ध बलियो हँुदै गएको बताउँदै यस सम्बन्धलाई पनि मानिसको सम्बन्धमा जोड्न सके अझ बलियो हुने बताए । आगामी दिनमा सार्क मुलुकरु रोड, रेल तथा हवाइ मार्गमार्फत बलियो रुपम अघि बढ्न सक्ने उनको धारणा थियो ।

साथै, सार्क क्षेत्रलाई पोलियो मुक्त बनाउन भारतले भ्याक्सिन सहयोग गर्ने बताए । ‘हामी सार्क क्षेत्रमा मेडिकल भिसा दिन सक्छौं,’ उनले भने, ‘इन्फरमेशन टेक्नोलोजीले हाम्रो शिक्षाको अध्याँरो हटाउन सक्छ ।’ दक्षिण एशियाली मुलुकहरुको सहकार्य अत्यावश्यक भइरहेको बताउँदै एक अर्काबाट धेरै कुराहरु सिक्नु पर्ने बताए ।

दक्षिण एशियाली मुलुकले सार्कमार्फत लामो इतिहास पार गरिसकेको बताउँदै यसको सहकार्य र सहयोगबाट धेरै सफलता हात पार्न सक्ने बताए । ‘हामीबीच ५ प्रतिशत भन्दा कम मात्रै ट्रेड भइरहेको छ,’ उनले भने, ‘साफ्टा अन्तर्गत पनि १० प्रतिशत भन्दा धेरै व्यापार बढ्न सकेको छैन ।’
भर्खरै मा नेपाल र भारतबी ऊर्जाको विकासमा सहयोगको नयाँ आयम शुरु भएको छ । साथै, माल्दिभ्ससँग पनि इन्धनको सहकार्यका लागि हामी तयार रहेको मोदीले बताए । भारत र भुटानबीच यस अघि नै यस्तो सहकार्य भइसकेको छ ।

सार्कमार्फत यस क्षेत्रका जनताको इच्छा र आकांक्षा पुरा गर्न सफल नभएको उनके गुनासो थियो । तर, यसको सम्भावना रहेको बताउँदै सवै एकजुट भएर यो क्षेत्रको भविष्य उज्वल बनाउनु पर्ने बताए ।

सार्कको विकासका लागि भारतले लिड गर्न सक्ने बताउँदै भारतको सार्क क्षेत्रका देशसँग अहिले पनि ट्रेड सप्र्लस रहेको जानकारी दिए । साथै, सार्क मुलुकहरुलाई भारतीय लगानी भित्रयाउने वातावरण बनाउन समेत आग्रह गरे ।

भारतले सार्क क्षेत्रका लागि स्याटेलाइट समेत दिन सक्ने मोदीले बताए । साथै आफुहरुले २०१६ मा सार्क क्षेत्रका लागि स्याटेलाइट लन्च गर्ने योजना बनाएकोे बताए । प्राकृतिक प्रकोप व्यवस्थापनका लागि भारतको अनुभव दक्षिण एसियाका लागि उपयुक्त हुन सक्ने जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL