Logo

थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ६०८० जना निको भए

थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ६०८० जना निको भए



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । यस्तै ११६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।
यस्तै मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL