Logo

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, प्रमाणीकरणको लागि राष्ट्रपतिकहाँ पठाइयो

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, प्रमाणीकरणको लागि राष्ट्रपतिकहाँ पठाइयो



काठमाडौं । मन्त्रिपरिषद्ले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न स्वीकृती प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज घोषणा हुने आर्थिक वर्ष २०७८–७९ को बजेट स्वीकृत गरेर राष्ट्रपतिसमक्ष पठाएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गर्दैछ ।

संसदका दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL