Logo

निजी सवारीसाधनलाई ३९ वटा पम्पबाट पेट्रोल वितरण गरिँदै, कहाँकहाँ परे हेर्नुहोस सुचिमा

निजी सवारीसाधनलाई ३९ वटा पम्पबाट पेट्रोल वितरण गरिँदै, कहाँकहाँ परे हेर्नुहोस सुचिमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले निजी सवारीसाधनलाई विभिन्न ३९ वटा पम्पबाट पेट्रोल उपलब्ध गराउने भएको छ । निगमले मंगलबार मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल दिन लागेको हो ।

निगमले आज १ देखि २५ लटसम्मका स्कुटर तथा मोटरसाइकलाई तेल दिन लागेको हो । निगमले लामो समय पछि निजी मोटरसाइकल तथा स्कुटरलाई तेल दिएको हो । निगमले ४ दिन लगाएर स्कुटर तथा मोटरसाइकलाई पेट्रोल दिने जानकारी दिएको छ ।

निगमले यसपटक भने पेट्रोल लिनका लागि अनिवार्य रुपमा नविकरण गरेको व्लुबुक ल्याउने पर्ने व्यवस्था गरेको छ । जसले गर्दा अघिल्ला दिनका तुलनामा पेट्रोल हाल्नेको संख्यामा कमि आउने निगमले जानकारी दिएको छ ।

कहाँ कहाँ वितरण गरिँदै छ हेर्नुहोस सुचिमा ।

petrol

प्रतिक्रिया दिनुहोस्
MBL