Logo

प्रधानमन्त्रीद्वारा सर्वदलिय सरकार गठनका लागि आह्वान, भने-म माथि शंका छ भने मिलेर चुनावमा जाऔं

प्रधानमन्त्रीद्वारा सर्वदलिय सरकार गठनका लागि आह्वान, भने-म माथि शंका छ भने मिलेर चुनावमा जाऔं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय सरकार गठनका लागि आह्वान गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारमा हुने चुनावमा शंका भए सर्वदलीय सरकार गठनका लागि आवह्वान गरेका हुन् ।

उनले आफू नेतृत्वको सरकारले स्वच्छ र निष्पक्ष रूपमै निर्वाचन गर्ने र त्यसमा कुनै शंका भए सर्वदलीय चुनावी सरकारमा सहभागी हुन उनले आग्रह गरेका हुन्।

‘सरकारले समयमै निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्छ कसैलाई पनि त्यसमा शंका भए सर्वदलीय सरकार गठन गर्ने मेरो प्रस्ताव छ’, उनले भने।

जनतामा जाने विकल्प अलोकतान्त्रिक नहुने उनको दाबी छ। उनले आवधिक निर्वाचनमार्फत जनताले विश्वास गरेको दललाई जिताउने बताउँदै निर्वाचनलाई प्रतिगमन भन्नु जनताप्रति अविश्वास गर्नु रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
MBL