Logo

एकै दिन ९८४१ जनाले जिते कोरोना, ६९५१ नयाँँ संक्रमित थपिए, मृत्युदर पनि घट्यो

एकै दिन ९८४१ जनाले जिते कोरोना, ६९५१ नयाँँ संक्रमित थपिए, मृत्युदर पनि घट्यो



काठमाडौं । शुक्रबार एकैदिन करिव १० हजार जनाले कोरोनालाई पराजित गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार शुक्रबार ९ हजार ८ सय ४१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

यसैगरी पछिल्लो समय कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्यामा पनि गिरावट आएको छ । कोरोना संक्रमणबाट दैनिक २ सय ५० जनाको हाराहारीमा मृत्यु हुने गरेकोमा पछिल्लो समय उक्त संख्या घटेको तथ्याङकले देखाएको छ । तथ्याङ्क अनुसार शुक्रबार ९६ जनाको निधन भएको छ ।

यसैगरी पछिल्लो समय नयाँ संक्रमितको संख्यामा पनि गिरावट आएको छ । शुक्रबार थप ६ हजार ९ सय ५१ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । सरकारले कुनल २० हजार १ सय १० को कोरोना परिक्षण गरेकोमा उक्त संख्यामा नयाँ संक्रमण फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्