काठमाडौं । कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६–७७ मा आर्थिक गतिविधिमा संकुचन आएपनि चालु आर्थिक २०७७–७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु सन्तोषजनक रहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक सर्वेक्षण २०७७–७८ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) रु ४२ खर्ब ७६ अर्ब ३२ करोड रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेका हुन् ।
अर्थमन्त्री पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न भने कठिनाइ हुने बताए । उनले कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताए । केन्द्रीय तथ्याङ्क विभागले चालु आवको आर्थिक वृद्धिदर ४.०१ हुने बताएको थियो । उहाँले आर्थिक वृद्धिदरबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक रहेको जानकारी दिए ।
यस्तै राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर पुगेको समेत अर्थमन्त्री पौडेलले उल्लेख गरे । त्यसैगरी राष्ट्रिय खर्च योग्य आम्दानी एक हजार ४८६ डलर पुगेको छ । मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको तथा आयात–निर्यातको अवस्था सन्तुलनमा रहेको पौडेलले बताए ।
साथै आर्थिक वर्ष २०७६–७७ मा कर्णाली र सुदूपश्चिम प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष २०७७र७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत भन्दा उच्च रहने अनुमान छ। यद्यपी चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीब्र गतिले फैलिइरहेको कोभिड–१९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
सो अवसरमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले निषेधाज्ञाअघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो भए पनि पछिल्लो दिनको कोरोनाको दोस्रो लहरका कारण समस्या पैदा भएको बताए । ‘चालु आवको बजेटको मध्यावधि समीक्षामा करीब पाँच प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौँ, तर कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपर्दा अर्थतन्त्रमा सङ्कुचन आएको छ ।’
साथै आर्थिक वर्ष २०७६र७७ मा कर्णाली र सुदूपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष २०७७र७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३।५ प्रतिशत भन्दा उच्च रहने अनुमान छ। यद्यपि चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीब्र गतिले फैलिइरहेको कोभिड(१९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
त्यस अवसरमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा पुष्पकडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,अर्थ सचिवशिशिर कुमार ढुड्गाना,राजस्व सचिव रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीको उपस्थिति रहेको थियो ।