Logo

प्रतिनिधिसभा विघटन विरुद्ध सुनुवाइ गर्न संवैधानिक इजलास गठन, यी हुन ५ न्यायाधीश

प्रतिनिधिसभा विघटन विरुद्ध सुनुवाइ गर्न संवैधानिक इजलास गठन, यी हुन ५ न्यायाधीश



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले ५ सदस्यीय संवैधानिक इजलास गठन गरेका हुन् ।

प्रधानन्यायाधीश राणाको नेतृत्वमा गठित उक्त इजलासमा न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध परेका ११वटा रिटमा संवैधानिक इजलास माग गरिएको थियो । उक्त रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ ।

यस्तै अन्य १९ वटा रिटमा पनि गम्भीर संवैधानिक प्रश्नहरुको हल खोज्नुपर्ने भएकाले संवैधानिक इजलासमै पठाइएको छ । बिहीबार प्रधानन्यायाधीश राणाको एकल इजलासले ती रिटलाई समेत संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL