Logo

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ : खाद्यान्न पसल पनि बन्द, सडकमा हिँड्डुल गर्न पनि नपाइने

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ : खाद्यान्न पसल पनि बन्द, सडकमा हिँड्डुल गर्न पनि नपाइने



त्यकामा जारी कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा आजदेखि थप कडाइकासाथ लागू गरिँदैछ । निषेधाज्ञा उलंघन गर्नेलाई हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम नगद जरिवाना तथा कैद सजाय हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीको सहकार्यमा अनुगमन र नियम लागू हुनेछ ।

आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा छ ।

आजदेखि उपत्यकाका तीनवटै जिल्लामा खाद्य तथा किराना पसल र डिपार्टमेन्ट स्टोर, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन एक साताका लागि पूर्ण रूपमा बन्द हुनेछन् ।

अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सुरक्षागार्डबाहेकका लागि भने आवतजावतका लागि निश्चित समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL