Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ९३९ संक्रमित, ७ हजार २२६ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ९३९ संक्रमित, ७ हजार २२६ जना संक्रमण मुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९ सय ९२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा पिसिआर परिक्षण गरेका ६ हजार ७ सय ३१ जनामा र २ सय ८ जना एन्टिजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हाल ५ लाख ४२ हजार २ सय ५६ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार ७ हजार २ सय २६ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसँगै ४ लाख १८ हजार ८ सय २९ कोरोनामुक्त भएका छन्।

त्यस्तै यस अवधिमा १ सय ६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ। हालसम्म कोरोनाबाट निको हुनेको दर ७७ दशमलव २ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्