Logo

निषेधाज्ञामा अत्यावश्यक सामग्री चाहियो ? यी नम्बरमा फोन गर्नुहोस घरमै आईपुग्छ

निषेधाज्ञामा अत्यावश्यक सामग्री चाहियो ? यी नम्बरमा फोन गर्नुहोस घरमै आईपुग्छ



काठमाडौं । सरकारले शुक्रबारदेखि लागु हुनेगरी एक हप्ताका लागि जारी निषेधाज्ञामा थप कडाई गरेको छ । उक्त निषेधाज्ञामा डिपार्टमेन्टल स्टोर र किराना पसल पनि खोल्न नपाईने बताईएको छ ।

त्यसैले उपत्यकाका तिनै जिल्ला प्रशासन कार्यालय प्रमुखहरुले एक हप्ताका लागि आवश्यक सबै वस्तुहरु खरिद गरेर राख्न समेत आग्रह गरेको छ । तर, उक्त एक हप्ताको अवधिमा पनि कसैलाई अत्यावश्यक वस्तुहरु चाहिएको खण्डमा सरकराले नै यसको सहजीकरण गर्ने बताएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाद्यान्न स्थानीय स्तरमै उपलब्ध गराउने बताईएको छ ।

यसका लागि यी दुई कम्पनीले मोबाइल गाडीमार्फत् स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न खरिद बिक्रीको व्यवस्था मिलाईने बताईएको छ । कार्यालयले यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा र खाद्यान्न सम्बन्धि जुनसुकै समस्या भएमा मोबाइल नम्बरसहित सम्पर्क व्यक्तिको नाम समेत सार्वजनिक गरेको छ ।

यस्तो छ सूचना र फोन नम्बर :

प्रतिक्रिया दिनुहोस्
MBL