Logo

सरकारलाई ५ पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको ध्यानाकर्षण, मतदातालाई प्रभावित पार्नेगरी बजेट नल्याउनु

सरकारलाई ५ पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको ध्यानाकर्षण, मतदातालाई प्रभावित पार्नेगरी बजेट नल्याउनु



काठमाडौं । पूर्व निर्वाचन आयुक्तहरुले मतादाताहरुलाई प्रभावित पार्नेगरी बजेट ल्याउन नमिल्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । विभिन्न ५ जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकषर्ण गराएका हुन् ।

‘२०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामि आर्थिक बर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किसिमका नीति कार्यक्रम तथा बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउँदछौं,’ ५ जना पूर्व प्रमुख निर्वाचन आयुक्तद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘साथै यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउने छ भन्ने हामीले विश्वास लिएका छौं ।’

पछिल्लो समय कामचलाउन सरकारले निर्वाचन लक्षित गर्दै वृद्ध भत्तामा उच्च वृद्धि, सोही अनुरुप कर्मचारीको तलब वृद्धिगर्ने तथा आआफ्नो निर्वाचन क्षेत्र लक्षित गरी बजेट सार्वजनिक गर्ने हल्ला बढेसँगै पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्नुपरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL