Logo

नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता, नेपाललाई १० लाख डोज भ्याक्सिन दिने सीको घोषणा

नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता, नेपाललाई १० लाख डोज भ्याक्सिन दिने सीको घोषणा



काठमाडौँ । चीन सरकारले नेपाललाई तत्काल १० लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको छ । चिनियाँ राजदुत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति सी जीङपीङबीचको टेलिफोन वार्तापछि चिनिया राष्ट्रपति सी ले नेपाललाई अनुदानस्वरूप १० लाख डोज खोप दिने घोषणा गरेको बताएकी हुन् ।

बुधबार राष्ट्रपति भण्डारी र सीबीच टेलिफोन कुराकानी भएको थियो । जसमा राष्ट्रपति भण्डारीले नेपाललाई तत्काल खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन् ।

पछिल्लो समय नेपालमा कोरोना महामारीको दोस्रो भेरियन्ट तिव्र फैलिएपछि विभिन्न देशबाट सहयोग आउने क्रम जारी छ । जसमा चीन पनि एक हो ।

प्रतिक्रिया दिनुहोस्
MBL