Logo

अन्तरराष्ट्रिय उड्डयन दिवस मनाइदै, टीआइएलाई स्तरिय बनाउन मन्त्री पोखरेलको आग्रह

अन्तरराष्ट्रिय उड्डयन दिवस मनाइदै, टीआइएलाई स्तरिय बनाउन मन्त्री पोखरेलको आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भरपर्दो र विश्वासिलो बनाउनुपर्ने बताएका छन् ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन दिवसका अवसरमा आज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा झन्डोत्तोलन गर्दै यस्तो बताएका हुन् । नेपालको विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डको सुविधा दिनसके यो सम्भव हुने उनले जानकारी दिए ।

नेपालको नागरिक उड्डयन प्राधिकरण सभ्य छ, संसारको कुनै पनि विमानस्थलभन्दा कम नभएको दावी पोखरेलले गरे । साथै सवैको ध्यानाकर्षण गर्ने खालको सुविधा दिने वायुसेवा निर्माण गर्न प्रविधि र लगानीलाई बढाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

मन्त्री पोखरेलले अहिले भएको संरचनालाई बलिलो बनाउँदै भविष्यमा शिर ठाडो पार्न सक्ने बनाउन सबैसँग आग्रहसमेत गरे।

प्रतिक्रिया दिनुहोस्
MBL