Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ७१४ संक्रमित, ६ हजार ७१६ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ६ हजार ७१४ संक्रमित, ६ हजार ७१६ जना संक्रमण मुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६ सय ७७ जना र ३ सय २२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

लगातार कोरोना संक्रमण बढिरहेका बेला बुधबार नयाँ संक्रमितभन्दा धेरै संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज ६ हजार ७ सय १४ नयाँ संक्रमित थपिँदा ६ हजार ७ सय १६ संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ४ सय ९३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा १ हजार १ सय ३९, ललितपुरमा २ सय ४१ र भक्तपुरमा १ सय १३ जना छन् । यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्