Logo

स्वावलम्बन लघुवित्तको सामाजिक उत्तरदायित्व, कोभिड–१९ प्रभावित परिवारलाई राहत वितरण

स्वावलम्बन लघुवित्तको सामाजिक उत्तरदायित्व, कोभिड–१९ प्रभावित परिवारलाई राहत वितरण



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोभिड–१९ को दोश्रो लहरको कारण नेपाल सरकारले देशको विभिन्न स्थानमा गरेको निषेधाज्ञाले प्रभावित परिवारलाई खाद्य समाग्री राहत स्वरुप उपलब्ध गराएको छ ।

वित्तीय संस्थाका सबै शाखा÷उपशाखा कार्यालयले न्यून आय भएका र हालको विषम परिस्थितिमा अप्ठ्यारोमा परेका सदस्यहरुलाई उनीहरुको घरदैलोमा राहत उपलब्ध गराउने योजना अनुरुप संस्थाका विभिन्न शाखा कार्यालयहरूले दैनिक रुपमा खाद्य सामग्री चामल, दाल, नुन र तेल उपलब्ध गराउने अभियान जारी राखेको जनाएको छ ।

यसका अतिरिक्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध ग्राहक सदस्यहरुलाई कोभिड–१९ पोजिटिभ देखिएका र आइसोलेशनमा बसेका सदस्यलाई आर्थिक लगायत औषधोपचारका राहत प्याकेज समेत ल्याउन लागेको जनाएको छ ।

राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय साथै ९ वटा इलाका कार्यालय मार्फत २ लाख ५१ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ ।

वित्तीय संस्थाले गत वर्ष समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा १ करोड ५७ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL