Logo

बेजोसलाई पछि पार्दै आर्नल्ट बने विश्वकै धनी व्यक्ति, १४ महिनामै ११० अर्ब डलरले बढ्यो सम्पत्ति

बेजोसलाई पछि पार्दै आर्नल्ट बने विश्वकै धनी व्यक्ति, १४ महिनामै ११० अर्ब डलरले बढ्यो सम्पत्ति



काठमाडौं । बर्नार्ड आर्नल्ट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। फ्रेन्च फेसन टाइकुन आर्नल्ट १८६.३ अर्ब डलर खुद सम्पत्तिसहित सबैभन्दा धनी व्यक्ति बनेका हुन ।

विश्व चर्चित कम्पनी एलभीएमएच ग्रुपको सेयर मूल्य सोमबार पहिलो घन्टामै ०.४ प्रतिशतले बढेपछि यसको कुल बजार पुँजीकरण ३२० अर्ब डलर पुगेको थियो, जसमा आर्नल्टको हिस्साको सेयरको मूल्य ६० करोड डलरभन्दा धेरैले बढ्यो। यसले गर्दा नै उनी विश्वकै धनाढ्य व्यक्तिमा उक्लिएका हुन् ।

फोर्ब्सले तयार पार्ने डलर अर्बपतिहरुको रियल टाइम सूचीअनुसार अमेजनका जेफ बेजोसलाई नेट वर्थमा ३० करोड डलरबराबरले उछिन्दै आर्नल्टले सर्वाधिक धनाढ्यको ताज चुमेका हुन्।

बेजोससँग १८६ अर्ब डलरबराबरको नेटवर्थ छ भने तेस्रो स्थानमा रहेका मस्कसँग १४७.३ अर्ब डलर बराबरको नेटवर्थ रहेको छ । फोर्ब्सको रिपोर्टअनुसार, ७२ वर्षे आर्नल्टको सम्पत्ति २०२० मार्चयताको एक वर्षमा ७६ अर्ब डलरले वृद्धि भएको छ।

कोभिड महाव्याधिका बीचसमेत अनिवार्य नमानिने विलासी फेसन प्रडक्टहरुको उत्पादक लुइ भ्युटन मोएट हेन्नेस्सी (एलभीएमएच) ले राम्रो प्रदर्शनी गर्दा आर्नल्टको सम्पत्ति पछिल्लो १४ महिनामै उनको सम्पत्ति ११० अर्ब डलरले बढेको बताइएको छ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL