Logo

कोरोना संक्रमण निको भइसकेकामा झन घातक लक्षण देखिँदै, हृदयघातदेखि फोक्सोसम्ममा समस्या

कोरोना संक्रमण निको भइसकेकामा झन घातक लक्षण देखिँदै, हृदयघातदेखि फोक्सोसम्ममा समस्या



काठमाडौं । पछिल्लो समय विश्वकै लागि घातक बनेको कोरोना संक्रमण (कोभिड–१९) बारे विभिन्न अध्ययन अनुसन्धान भइरहेका छन् । कोरोना संक्रमणको उपचार र औषधि विकासका लागि भएका यस्ता अध्ययन–अनुसन्धानबाट जसबाट विभिन्न नयाँ–नयाँ तथ्य र जानकारीहरु बाहिर पनि आइरहेका छन् ।

यसैक्रममा कोरोना मुक्त भएका बिरामीहरुमा अन्य घातक लक्षणहरु देखिएको नयाँ तथ्य बाहिर आएको छ । कोरोना भारसका कारण रगत जम्ने र थ्रोम्बोसिस भएका कारण कतिपय संक्रमितहरुमा छाती दुख्ने, पेट दुख्ने, अन्य अंगहरु दुख्ने गरेको समस्या आएका छन् । खासगरी होम आइसोलेसनमा बसेको संक्रमितहरुमा यस्ता लक्षणहरु देखिएका हुन् ।

मुटुरोग विशेषज्ञ स्वंय नादिमले केही दिन अघिमात्रै ब्लड क्लटको लक्षण भएका एक कोरोना निको भएका ४१ बर्षिय बिरामीको उपचार गरेका थिए । यस्तो अवस्था आउनसक्ने मानिसहरुमा लक्षण भने कम भएपनि घातक हुने उनी बताउँछन् ।

यस्तै उनका अनुसार यस्तो अवस्था मुटुसम्बन्धी रोगका कारण पनि हुने गर्दछ । तर घरमै कोरोना निको भएका ८० प्रतिशत बढीमा यो अवस्था आउनसक्ने उनी बताउँछन् ।

यस्तो अवस्था आउन नदिन कोरोना संक्रमणबाट मुक्त भएको २८ दिनसम्म लगातार मुटुको अवस्था जाँच्न लगाउनुपर्ने विज्ञहरु बताउँछन् । अर्का मुटुरोग विशेषज्ञ सरनाईकका अनुसा प्रायः संक्रमितहरुमा मुटुसम्बन्धी अन्य रोगहरु जस्तै, शिरा बन्द हुने, क्लटिङ, हृदयघातलगायत लक्षणहरु देखिएका छन् । यस्तै फोक्सोमा असर परेका कारण श्वासप्रश्वासमा पनि ठूलो असर परेको केसहरु पनि आएको उनको भनाई छ । यसैका कारण हृदयघातसँगै मृत्यु पनि हुने गरको उनी बताउँछन् । – टाइम्सअफ इण्डिायबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL