Logo

पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुग्यो

पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा बिभिन्न ९१ वटा प्रयोगशालामा गरिएको २२ हजार ९ सय ३६ परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएका हुन् । आज २२ हजार ३ सय ६ पिसीआर र ६ सय ३० एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये एन्टीजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको छ भने पिसीआर परीक्षणमा ८३८७ जनामा पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घन्टाभित्रै मुलुकभर १ सय ६९ जनाको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै मुलुकमा ४लाख ४ हजार ८ सय ८७ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६७ जना छन्। जसमध्ये १ हजार ६ सय ७२ जना आइसियू र ४ सय ४७ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्