काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १ साता लम्बिने भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
अब थपिने निषेधाज्ञामा किराना पसल डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाईने बताईएको छ । सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ भएपनि अन्य पसलहरु भने खोल्न नपाईने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।