Logo

संसद विघटन विरुद्धको मुद्धामा जेठ १३ र १४ गतेलाई तोकियो पेशी

संसद विघटन विरुद्धको मुद्धामा जेठ १३ र १४ गतेलाई तोकियो पेशी



काठमाडौं । संसद विघटन विरुद्धको मुद्धामा जेठ १३ र १४ लाई पेशी तोकिएको छ । सर्वोच्च अदालतमा यसविरुद्ध ३० वटा रिट निवेदन दर्ता भएका छन्। तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

सर्वोच्चका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

संसद विघटन असंवैधानिक र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १ सय ४६ जना सांसदले पनि सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्