Logo

मन्त्रीपरिषदद्धारा कोभिड प्रतिकार्य अधिकारीमा शर्मा नियुक्त, सेना परिचालन गर्ने तथा आपतकाल लगाउनेसममको अधिकार

मन्त्रीपरिषदद्धारा कोभिड प्रतिकार्य अधिकारीमा शर्मा नियुक्त, सेना परिचालन गर्ने तथा आपतकाल लगाउनेसममको अधिकार



काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड–१९) नियन्त्रणका लािग युद्धस्तरमा काम गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना नियन्त्रण्का लागि काम गर्न प्रतिकार्य अधिकारीमा नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मालाई नियुक्त गरेको छ।

शर्मालाई सचिवसरहको राजनीतिक नियुक्ति गरिएको एक मन्त्रीले जानकारी दिए । कोभिड प्रतिकार्यमा नेपाली सेनाका उपरथी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सदस्य रहने व्यवस्था छ। यसलाई आपत्काल घोषणा गरेर सेना परिचालन गर्न सक्ने अधिकार दिइएको छ ।

यस्तै सोमबारको मन्त्रीपरिषद् बैठकले सप्तरी, सर्लाही, बागमती, सुदूरपश्चिम प्रदेश सहित १० वटा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL