Logo

अब निषेधाज्ञाको पालना नगरे ५ लाख रुपैयाँसम्म जरिवाना लाग्ने, जथाभावी सवारी चलाए ५ हजारसम्म तिर्नुपर्ने

अब निषेधाज्ञाको पालना नगरे ५ लाख रुपैयाँसम्म जरिवाना लाग्ने, जथाभावी सवारी चलाए ५ हजारसम्म तिर्नुपर्ने



काठमाडौं । अब मास्क नलगाएर जथाभावी हिँडेको खण्डमा १ सय रुपैयाँ जरिवाना लाग्ने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै मास्क नलगाई हिँडे प्रत्येकचोटी १ सय रुपैयाँ, जथाभावी आवतजावत गरेमा प्रत्येकचोटी २ सय रुपैयाँ, सवारीसाधन विना कारण चलाएमा २ हजार देखि ५ हजार रुपैयाँसम्म जरिवाना गरिने बताएको हो ।

यस्तै सूचनामा सरकारद्वारा जारी गरिएको कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको पालना नगरेको खण्डमा ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना लाग्ने बताईएको छ । यस्तै यो अध्यादेश विरुद्ध कोही गए १ बर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL