Logo

पछिल्लो २५ घण्टामा ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि, ७ हजार १३५ जना संक्रमणमुक्त

पछिल्लो २५ घण्टामा ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि, ७ हजार १३५ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ४ सय २५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ८ सय ४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७ हजार २ सय २० र ६ सय ७ एन्टिजेन टेष्ट गर्दा २ सय ५ जनामा संक्रमण पुष्टि भएको भएको हो ।

यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४ सय ४७ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् । ७ हजार २ सय ७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १ हजार ६ सय ९७ जना आईसीयूमा उपचाररत छन् ।

मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या थप १ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४ सय ८३ पुगेको छ । हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४ सय ६१ मध्ये ६ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्