Logo

काठमाडौं उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने तयारी, निर्णयका लागि छलफल हुँदैं

काठमाडौं उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने तयारी, निर्णयका लागि छलफल हुँदैं



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप जेठ मसान्तसम्म लम्ब्याउने तयारी शुरु भएको छ । हालको निषेधाज्ञाको अवधि भोलि मंगलबार मध्यराति सकिने भएसँगै त्यसअगाडि नै निषेधाज्ञा थप गर्नेबारे छलफल भइरहेको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि नियन्त्रणका लागि गत वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पुनः थप गर्ने तयारी भइरहेको हो । यसअघि उपत्याकाका तीन जिल्ला प्रशासनमार्फत् सुरुमा वैशाख २२ गतेसम्म एक हप्ता निषेधाज्ञा लगाइएको थियो । पुनः थपेर मसान्तसम्म लगाइएको निषेधाज्ञा फेरि अर्कोपटक थप गरेर जेठ १३ गतेसम्म लम्ब्याइएको थियो ।

उपत्यकामा कोरोना संक्रमण दर केही घट्न थाले पनि अवस्था अझै खतरायुक्त नै रहेकोले उपत्याकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल गरेर थप निर्णय लिइने बताइएको छ ।

यसपटक कति दिनका लागि थप गर्ने भन्ने निर्णय छलफलबाट तय गरिनेछ । स्रोतका अनुसार अहिलेको निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने गरि तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL