Logo

माथिल्लो तामाकोसी आयोजनाको मुख्य सुरुङ र मुख्य पाइपमा आजदेखि पुनः पानी पठाइने, यस्तो छ तयारी

माथिल्लो तामाकोसी आयोजनाको मुख्य सुरुङ र मुख्य पाइपमा आजदेखि पुनः पानी पठाइने, यस्तो छ तयारी



काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा आज (सोमबार) देखि पुनः पानी पाइने भएको छ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको आयोजनाको मुख्य पाइप (पेनस्टक पाइप) सँग जडान गरिएका दुईवटा मर्मती–ढक्कनबाट पानी रसाएकामा त्यसलाई मर्मत गरेपछि यी संरचनामा प्राविधिक परीक्षणका लागि पुनः पानी पठाउन लागिएको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाको अनुसार ३७३ मिटर अग्लो तल्लो पेनस्टक, ३१० मिटर अग्लो माथिल्लो मुख्य पाइप र सो त्यसको साँघुरो पाइपलाई तल्लो मुख्य पाइपको साँघुरो पाइपसँग जोड्ने करिब सय मिटर तेर्सो मुख्य पाइपको परीक्षण गर्ने क्रममा यसमा जडान गरिएको मर्मती–ढक्कनमा पानी रसाएको थियो । त्यसको मर्मत गत वैशाख २९ गतेदेखि सुरु गरिएको थियो । मर्मतपछि अब यी संरचनामा पुनः पानी पठाउन लागिएको हो ।

परीक्षणका लागि पहिला पठाएको पानी पूर्ण रूपमा सुकाएर मर्मत गर्दा २८ दिन लागेको छ । अब पानीको गति बढाएर प्राविधिक परीक्षण गरिन लागिएको हो । आयोजनाको सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मानिएका ८२२ मिटरको वाटरहेड धान्ने मेनसट अफ भल्भ तथा छवटा युनिटमा जडान गरिएका मेन इन्लेट भल्भहरूको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL