Logo

राष्ट्रपतिबाट राष्ट्रघाती नागरिकता अध्यादेश जारी, अब जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता

राष्ट्रपतिबाट राष्ट्रघाती नागरिकता अध्यादेश जारी, अब जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरेकी हुन् ।

राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रघाती कदमको रुपमा लिँदै आएको उक्त कदमलाई राष्ट्रपति भण्डारीले समर्थन गर्दै अध्यादेश जारी गरेकी हुन् । मौजुदा व्यवस्था अनुरुप जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । तर आफ्नो सत्ता टिकाउन मधेसकेन्द्रित दलको दबाब अनुरुप प्रधानमन्त्री ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएर जन्मसिद्ध सन्तानलाई पनि वंशजको आधारमा नागरिकता दिन बाटो खुलाईदिएका हुन् ।

संविधानको धारा ११ को उपधारा (३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL