Logo

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९३ जनाको मृत्यु, ७ हजार ९१४ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९३ जनाको मृत्यु, ७ हजार ९१४ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ सय ९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १८ हजार ९ सय ६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५ सय ९८ र ९ सय ३१ एन्टिजेन टेष्ट गर्दा ३ सय १६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नयाँ संक्रमितमध्ये २ हजार ८ सय २१ जना काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १ हजार ७ सय ८१, ललितपुरका ६ सय ९४ र भक्तपुरका ३ सय ६६ जना छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्