Logo

बुटवल-पाल्पा सिद्धबाबा सुरुङ मार्ग बनाउन टेन्डर आह्वान, बार्षिक बजेटमा १० अर्व १५ करोडको सीमा

बुटवल-पाल्पा सिद्धबाबा सुरुङ मार्ग बनाउन टेन्डर आह्वान, बार्षिक बजेटमा १० अर्व १५ करोडको सीमा



काठमाडौं । रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबामा सुरुङ निर्माण गर्न ग्लोबल टेण्डर आह्वान गरिएको छ । स्टिमेट र डिजाईन स्वीकृत भईसकेको उक्त करिब १ दशमलव ७ किलोमिटरको उक्त सुरुङको टेण्डर आह्वान गरिएको हो ।

सडक विभागका अनुसार सुरुङमार्ग बनाउने कम्पनीले आगामी जुलाई ७ तारिखसम्ममा बोलपत्र पेश गर्नुपर्ने छ । आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्सट्रक्सन (ईपीसी) मोडेलमा निर्माण हुने भएको छ । सुरुङमार्गको निर्माण जिम्मा पाउने निर्माण व्यवसायीले सम्पन्न भएको ५ वर्षसम्म मर्मत र सञ्चालनसमेत गर्नुपर्ने भएको छ ।

अर्थ मन्त्रालयले सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चितता गरेको छ । अर्थको बजेट तथा कार्यक्रम महाशाखाले सो आयोजनाका लागि स्रोत सुनिश्चितता भएको सहमतिपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ ।

मनसुन सुरु भएपछि हरेक वर्ष बुटवलबाट पाल्पा जानेहरूका लागि सिद्धबाबा खण्डमा पहिरो जाने गरेको छ । स्वीस परामर्शदाताले सो सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको हो ।

No description available.

प्रतिक्रिया दिनुहोस्
MBL