Logo

जफत गरिएका पेट्रोल प्रहरीले बेच्न थाल्यो, प्रतिव्यक्ति १० लिटर दिइने

जफत गरिएका पेट्रोल प्रहरीले बेच्न थाल्यो, प्रतिव्यक्ति १० लिटर दिइने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल प्रहरीले कालोबजारी अन्तरगत जफत गरेको पेट्रोलियम तथा ग्याँस बेच्न शुरु गरेको छ । विभिन्न नाकाबाट काठमाडौं ल्याउँदै गर्दा जफत गरिएका पट्रोल तथा डिजेल आजबाट बेच्न शुरु गरेको हो ।

प्रहरीले जफत गरेको पेट्रोल तथा डिजेल काठमाडौं प्रहरी परिसरको कार्यालय टेकुमा राखिएको थियो । आजबाट उक्त पेट्रोलियम तथा ग्याँस नेशनल ट्रेडिङ मार्फत बेच्न शुरु गरिएको परिसरका प्रवक्ता एसपी विश्व पोखरेलले बिजखबरलाई बताए । ‘हामीले आजैमात्र ३५ सिलिण्डर ग्याँस, २ हजार लिटर पेट्रोल र ५ सय ५० लिटर डिजेल विक्री गरिसकेका छौं,’ उनले भने, ‘बाँकी रहेका पेट्रोलियमलाई भोलीबाट निरन्तर बेचिने छ ।’

petrol 2

प्रहरीले उक्त पेट्रोलियम नेशनल ट्रेडिङ मार्फत बेच्न शुरु गरेको छ । कालोबजारी अन्तरगत समातिएका पेट्रोलियम प्रति व्यक्ति १० लिटरका दरले बेच्न शुरु गरिएको एसपी पोखरेलले जानकारी दिए । ‘हामीले किन्न आउने उपभोक्तलाई लाइन लगाएर बेचेका छौं,’ उनले भने । साथै, सावकिको बजारमा मुल्यमा बेचिएको समेत उनले जानकारी दिए ।

नेपाल आयल निगमले सरकारी तथा अत्यवश्यक सवारीसाधनलाई मात्र डिजेल तथा पेट्रोल प्रहरीले भने लाइनमा आउने सवैलाई दिएको छ । प्रहरीले निगमसँगको सहकार्यमा भन्दा पनि जिल्ला अदालतको आदेश बमोजिम नेशनल ट्रेडिङसँगको सहकार्यमा बेच्न थालिएको जानकारी दिएको छ ।

petrol 1

प्रहरी जफत गरेको पेट्रोलियमका सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । जिल्ला अदातले सरकारी मुल्यमा बेचेर सरकारी कोषमा उक्त रकम दाखिला गर्न निर्देशन दिएसँगै बेच्न शुरु गरेको हो ।
प्रहरीले जफत गरेका पेट्रोलियमलाई नेशनल ट्रेडिङले सरकारी मुल्यमा खरिद गरेर बेच्न शुरु गरेको महाप्रवन्धक सत्यनारायण मेहेताले बताए ।  ‘अदालतको निर्णय अनुसार नेशनल ट्रेडिङले उक्त पेट्रोलियम खरिद गरी विक्री शुरु गरेको छ,’ उनले भने, ‘विक्री पश्चात उक्त पैसा सरकारी कोषमा जम्मा गरिने छ ।

काठमाडौं प्रहरी परिसरमा कालाबजारी अन्तरगत समातिएका ३६ हजार लिटर पेट्रोलियम पदार्थ रहेको छ । जसमध्ये १४ हजार लिटर पेट्रोल रहेको छ भने २२ हजार ८ सय लिटर डिजेल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL