काठमाडौं । स्विजरल्याण्ड सरकारले नेपाललाई ८० लाख डलर अर्थात ९४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा बढ्दो कोरोना महामारीका कारण भयावह अवस्था सिर्जना गरेको भन्दै अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर र्यापिड एन्टिजेन टेष्ट, पीपीई, मास्कलगायत ३० टन सामग्रीहरु सहयोग गरेको हो ।
शुक्रबार बिहान उक्त सामग्रीसहित एक कार्गाे विमान काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सोहीदिन स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् । उक्त सामग्रीमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एन्टिजेन किट, १ लाख १० हजार एन९५ मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन् ।