Logo

मन्त्रिपरिषदको निर्णय : प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते निर्वाचन

मन्त्रिपरिषदको निर्णय : प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते निर्वाचन



काठमाडौं । आज मध्यराती बसेको मन्त्रिपरिषद बैंठकले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेको छ । राती अवेर बसेको मन्त्रिपरिषद बैंठकले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन नसकेको भन्दै दोस्रो पटक प्रतिनिधिसभा भंग गरेको हो ।

केही समय अघि राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको र दुवै जना प्रधानमन्त्रीका लागि अयोग्य रहेको ठहर गरेलगत्तै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

उनका अनुसार सरकारले सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL