Logo

प्रधानमन्त्रीमा ओली र देउवाको दाबी अयोग्य भएको राष्ट्रपतिको ठहर, मुलुक मध्यावधि निर्वाचनतर्फ

प्रधानमन्त्रीमा ओली र देउवाको दाबी अयोग्य भएको राष्ट्रपतिको ठहर, मुलुक मध्यावधि निर्वाचनतर्फ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अयोग्य भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले बिहीबार शुक्रबार ५ बजेसम्मको समयसिमा दिएर प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेकी थिईन । सोही अनुरुप प्रधानमन्त्री ओलीले ओलीले भने एमालेका १२१ र जसपाका ३२ सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए भने देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए ।

तर राष्ट्रपति कार्यालयले भने दुबैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरित एकले अर्कालाई समर्थन गरेको र संम्बन्धित दलले मान्यता नदिन लेखेर आफुकहाँ पत्र प्राप्त भएकाले संसदको विश्वासको मत प्राप्त गर्ने ठोस आधार नदेखिएको भन्दै दुवै जना प्रधानमन्त्री बन्न नसक्ने भन्दै विज्ञप्ती जारी गरेको हो ।

राष्ट्रपतिको उक्त निर्णयसँगै संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेपछि अब संसद विघटन र मध्यावधि निर्वाचनको बाटो खुलेको छ । जस अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL