Logo

पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि, १७७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि, १७७ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २ सय २६ नमुना परीक्षण गर्दा ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ सय ७७ जनाको मृत्यु भएको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यस्तै आज ७ हजार ८ सय ९० जनाले कोरोना जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्